ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनमा पहिलो पटक कोरोना संक्रमण देखिएन

नेपालगाथा २०७७ जेठ १० गते शनिबार १७:०९:४६ मा प्रकाशित

बेइजिङ । चीनमा गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण नदेखिएको जानकारी  दिएको छ । 

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै हजारौंको ज्यान लिइसकेको छ । तर कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने मार्चबाट भने संक्रमण तीव्र रुपमा घट्दै आएको थियो । तर समाचार संस्था रोयटर्सका अनुसार चीनमा बाहिरबाट आएका व्यक्तिमा भने संक्रमण बढिरहेको छ । यसमा विदेशबाट फर्किएका चिनियाँ नागरिक छन् ।

पछिल्लो समय चीनको पूर्वोत्तर सीमावर्ती जिलिन र हेइलोङजियाङ प्रान्त संक्रमणको इपिसेन्टरबन्दै गएको बताइएको छ । उद्गमस्थल वुहानमा पनि गत अप्रिल ८ तारिखबाट लकडाउन हटाइएको छ । तर यो महिना वुहानका केही ठाउँमा भने संक्रमित भेटिएका छन् । महामारी रोक्न भन्दै वुहानका एक करोड १० लाख व्यक्तिको परीक्षण भइरहेको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।

शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ८१ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ७९ हजार ३ सय ३२ जना निको भएका छन् । संक्रमण पुष्टि भएकामध्ये एक सय ११ जना मात्रै अस्पतालमा उपचाररत रहेका छन् । चीनबाट सु्रु भएको कोरोना महामारीले युरोप हुँदै अहिले अमेरिकालाई इपिसेन्टर बनाएको छ । 
एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top