होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या तीन लाख ३८ हजार १ सय २१ पुगेको छ । भने संक्रमितको संख्या ५२ लाख नौ हजार २ सय ६६ जना पुगेका छन् । त्यसमध्ये अमेरिकाले सबैभन्दा धेरे मानवीय क्षति ब्यहोरेको छ । त्यहाँ १६ लाख ७ सय २३ जना संक्रमित भेटिएकामा ९५ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ ।
त्यसपछि ब्राजिल धेरै संक्रमित भएको दोस्रो मुलुक बनेको छ । त्यहाँ तीन लाख ३० हजार ८ सय ९० जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २१ हजार ४८ जनाको मृत्यु भएको छ । रुसमा तीन लाख २६ हजार ४ सय ४८ जना संक्रमित भेटिएका छन् । त्यहाँ भेटिएका संक्रमितमध्ये तीन हजार २ सय ३९ जनाको ज्यान गएको छ ।
नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा बितेका २४ घण्टामा मात्रै ६ हजार भन्दा धेरै संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोनाका कूल संक्रमितको संख्या एक लाख २४ हजार ७ सय ९४ पुगेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ अहिले सम्म तीन हजार ७ सय २६ जनाको मृत्यु भएको छ । नेपालमा अहिले सम्म ५ सय १६ जना संक्रमित भेटिएका छन् भने तीनजनाको ज्यान गएको छ । भने ७१ जना उपचार पछि घर फर्कीएका छन् ।