ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

साउदी अरबमा १३ सय ६४ नेपालीमा कोरोना 

नेपालगाथा २०७७ जेठ ९ गते शुक्रबार ०८:२६:२३ मा प्रकाशित

काठमाडौं । साउदी अरबमा १३ सय ६४ जना नेपाली कोरोना संक्रमित भएका छन् । भने सात जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् । भने बाँकी पुरुष रहेका छन् । 

संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्व क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १ सय ७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन् । 

साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च छ । कोरोनाको संक्रमण भएका सँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न दूतावासले अनुरोध गरेको छ । रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । साउदी अरबमा हालसम्म ६५ हजार ७७ जनामा संक्रमण देखिएको छ भने ३ सय ५१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top