होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ३ लाख २४ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । तथ्यांक अनुसार हाल सम्म मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५ सय ५४ पुगेको हो । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८९ जनाको ज्यान गएको छ ।
कोरोनाबाट संसार भर ४९ लाख ८२ हजार ९ सय ३७ जना मानिस संक्रमित भएका छन् । त्यस्तै अहिले सम्म विश्वभर १९ लाख ५६ हजार ३ सय ६१ जना ठिक भएका छन् ।
कोरोनाबाट सबै भन्दा प्रभावित अमेरिकामा अमेरिकामा १५ लाख ७० हजार ९ सय ८३ संक्रमित भएका छन् भने ९३ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ । यसै बीच ३ लाख ६१ हजार १ सय ८० निको भएर फर्किएका छन् । संक्रमितको आधारमा रुस दोस्रो स्थानमा रहेको छ । त्यहाँ २ लाख ९९ हजार ९ सय ४१ जनाको संक्रमण देखिएको छ । रुसमा अहिलेसम्म २ हजार ८ सय ३७ जनाको ज्यान गएको छ । बेलायतमा अहिले सम्म २ लाख ४८ हजार ८ सय १८ संक्रमित भएका छन् भने ३५ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख २६ हजार ६ सय ९९ संक्रमित भएका छन् भने ३२ हजार १ सय ६९ जनाको मृत्यु भएको छ । फ्रान्समा एक लाख ८० हजार ८ सय ९ कुल संक्रमित भएका छन् भने २८ हजार २२ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ७८ हजार ८०३ कुल संक्रमित भएका छन् भने २७ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ । छिमेकी देश भारतमा संक्रमितको संख्या एक १ लाख ६ हजार ४ सय ७५ पुगेको छ । भने ३ हजार ३ सय २ जनाको ज्यान गइसकेको छ भने ४२ हजार ३ सय ९ जनाले स्वास्थ्य लाप गरेका छन् ।
एजेन्सी