ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

‘कालापानीको विवाद नेपाल र भारतको हो’ – चीन

नेपालगाथा २०७७ जेठ ७ गते बुधबार ०७:५५:०७ मा प्रकाशित

काठमाडौं । चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’
भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ ।

तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमति अनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ । चीनले दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ ।

नेपालले पनी उक्त सडकको विरोध मात्र नगररेर लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा समेत पास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top