होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । मोर्डना नामक अमेरिकी कम्पनीले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक ८ जना मानिसमा परीक्षण गरिएको छ । अनुसन्धान गरिरहेको कम्पनीले कोरोनाविरुद्धको खोपले मानिसको रोग प्रतिरोधात्मक प्रणालीलाई प्रशिक्षित गरी कोरोना भाइरस विरुद्ध लड्ने संकेत पहिलो पटक परीक्षणबाट प्राप्त भएको छ । खोप अनुसन्धानमा संलग्न कम्पनी मोर्डनाका अनुसार खोप परीक्षणमा समावेश गरिएका ८ जनामा संक्रमण विरुद्धको एन्टिबडी बनेको भेटिएको जनाएको छ । साथै सो खोपले वास्तविक भाइरसबाट संक्रमितको हकमा प्रतिरोधात्मक प्रणालीमा प्रतिक्रिया दिन सक्ने जनाइएको छ ।
हाल सीमित मानिसमा मात्रै परीक्षण गरिएको छ । यस खोपको वृहद परीक्षण भने आगामी जुलाईबाट शुरु हुने अनुमान गरिएको छ । जसले वास्तविक रुपमा संक्रमण विरुद्ध कसरी काम गर्छ भन्ने पत्ता लाग्नेछ । संसार भर कोरोना भाइरस विरुद्धको खोप अनुसन्धान द्रुत गतिमा अघि बढेको छ । विश्वभरि ८० वटा समूहहरु खोप अनुसन्धानमा सक्रिय रुपमा लागेका छन् । मोर्डना पहिलो कम्पनी हो जसले कोरोना विरुद्धको एम आरएनए नामक खोप विकास गरी पहिलोपटक मानिसमा परीक्षण गरेको हो ।
एजेन्सी