होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । विश्वभर कोरोनाबाट ३ लाख १५ हजार भन्दा बढिको मृत्यु भएको छ । तथ्याङ्क अनुसार तीन लाख १५ हजार २३ जनाको ज्यान गएको छ । भने कुल संक्रमितको संख्या ४७ लाख १० हजार ६ सय १४ पुगेको छ । संक्रमित मध्ये अमेरिकामा अहिले सम्म १४ लाख ७६ हजार ३ सय ४६ जना संक्रमित भेटिएका छन् । भने ८९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ । अमेरिका पछि सबैभन्दा धेरै संक्रमित रुसमा छन् । त्यहाँ दुई लाख ८१ हजार ७ सय ५२ जना संक्रमित भेटिएकामा दुई हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।
अमेरिकास्थित क्यालिफोर्नियाको एक धार्मिक समारोहमा भाग लिएका संक्रमितबाट त्यहाँ सहभागी अन्य १ सय ८० जना मानिसमा पनि कोरोना संक्रमण भएको छ । दक्षिण अफ्रिकामा एकै दिन एक हजार १ सय ६० नयाँ संक्रमित भेटिएका छन । २४ घण्टाको अवधिमा कुनै एक देशमा भेटिएका संक्रमितको संख्या यो सबै भन्दा बढी हो । छिमेकी देश भारतमा ९५ हजार ६ सय ९८ जना संक्रमित फेला परेका छन् भने तीन हजार २५ जनाको ज्यान गएको छ ।
एजेन्सी