होमपेज / अन्तराष्ट्रिय
काठमाडौ । बहराइनमा ३ सय ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो समयमा थप ८६ जना नेपालीमा कोरोना संक्रमण देखिए संगै यो संख्या बढेको हो । २४ वैशाख सम्म बहराइनमा रहेका थप २ सय ४५ जना नेपालीलाई कोभिड(१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइन स्थित नेपाली दूतावासका अनुसार त्यसपछि थप ८६ जना नेपालीमा यस्तो संक्रमण भेटिएको छ ।
बहराइनमा ३ हजार ९ सय ७३ जना संक्रमित उपचारमा छन् २ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन । बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ । कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।