होमपेज / अन्तराष्ट्रिय
एजेन्सी । (कोभिड–१९) भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ४५ लाख बढि पुगेको छ । तथ्याङ्क अनृुसार ४५ लाख ३४ हजार ६ सय ७३ पुगेको छ । पहिचान भएका संक्रमितमध्ये हालसम्म तीन लाख सात हजार १ सय ८ जनाको ज्यान गएको छ । जोन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिले सम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ४२ हजार ९ सय २४ जना संक्रमित भेटिएका छन् भने
८७ हजार ४ सय ९३ जनाको ज्यान गएको छ संक्रमितको संख्याका हिसाबले रुस दोस्रो स्थानमा छ । त्यहाँ दुई लाख ६२ हजार ८ सय ४३ जना संक्रमित भेटिएकामा दुई हजार ४ सय १८ जनाको मृत्यु भएको छ ।
बेलायतमा दुई लाख ३८ हजार संक्रमित भेटिएकामा हालसम्म ४३ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म ८२ हजार मानिसमा संक्रमण देखिएको छ । भने दुई हजार ६ सय ४९ जना संक्रमितको मृत्यु भएको छ ।