ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट विश्वमा ३ लाख भन्दा बढीको मृत्यु

नेपालगाथा २०७७ जेठ २ गते शुक्रबार ०९:१०:२४ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ३ लाख बढिको ज्यान गएको छ । तथ्याङ्क अनुसार ३ लाखख ३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा १४ लाखमा सङ्क्रमण पुष्टि भएको छ भने ८६ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वभर ४५ लाख २९ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकामा १७ लाख ३ हजार ६ सय ४८ जना निको भएका वर्लओमिटरले जनाएको छ ।
२५ लाख १६ हजार भन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल रहेको र बाँकी २४ लाख ७१ हजार भन्दा धेरैको अवस्था भने सामान्य छ ।
त्यस्तै बेलायतमा कोरोना संक्रमित ३३ हजार भन्दा बढिको मृत्यु भएको जनाएको छ । भारतमा २४ घण्टामा झण्डै ४ हजार नयाँ बिरामी थपिए सँगै भारतमा झण्डै ८२ हजारमा कोरोना पुष्टि भएको छ । भारतमा हाल सम्म २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top