ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट विश्वमा दुई लाख ९६ हजारले ज्यान गुमाए

नेपालगाथा २०७७ जेठ १ गते बिहीबार ०८:१५:२८ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट विश्वभर २ लाख ९६ हजार बढिले ज्यान गुमाएका छन् । भने ४३ लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् । तथ्याङ्क अनुसार हालसम्म अमेरिकामा सबैभन्दा धेरै अर्थात १३ लाख ८९ हजार भन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । त्यहाँ महामारीबाट ज्यान गुमाउनेको संख्या ८४ हजार १ सय ६ जना पुगेको छ । अमेरिका पछि रुसमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमित हुनेहरुको संख्या दुई लाख ४२ हजार २ सय ७१ पुगेको छ । बेलायतमा दुई लाख ३० हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

नेपालको दक्षिणी छिमेकी देश भारतमा अहिले सम्म ७४ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण भएको छ भने ज्यान गुमाउनेको संख्या दुई हजार ४ सय नाघेको छ । बुधबार फ्रान्समा थप ८३ जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार ७४ जना पुगेको छ । बेलायत, इटली र स्पेनमा पनि २७ हजार भन्दा धेरै संक्रमितको ज्यान गएको छ । बुधबार स्पेनमा थप १ सय ९५ जनाको मृत्यु भएको छ । बेलायतमा थप ४ सय ९४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top