ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

साउदीमा रहेका ६ सय ७४ नेपालीमा कोरोना

नेपालगाथा २०७७ बैशाख ३१ गते बुधबार ०८:०३:२६ मा प्रकाशित

काठमाडौं । साउदी अरबमा रहेका ६ सय ७४ जना नेपाली कोरोना संक्रमण देखिएको छ । साउदीस्थित् नेपाली दूतावासले हाल सम्म ६ सय ७४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो । जसमा ११ महिला रहका छन् ।

त्यस्तै संक्रमणका कारण एक जनाको ज्यान गएको जनाएको छ । दुतावसाका अनुसार साउदी अरबको पूर्वी क्षेत्र (जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ) मा ३ सय ३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका छन् ।

दूतावासका अनुसार संक्रमित भएकामध्ये कैयौँ जना निको भई काममा फर्किसकेका छन् । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top