ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बेलायतमा कोरोनाबाट ६० नेपालीको मृत्यु

नेपालगाथा २०७७ बैशाख ३० गते मंगलबार ०८:३०:३७ मा प्रकाशित

काठमाडौँ । बेलायतमा कोरोनाभाइरसबाट ६० जना नेपालीले ज्यान गुमाएका छन् । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

 मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबै भन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । अहिले सम्म ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएको उनले बताए  । यस्तै २० जनाको लन्डन भित्र र बाँकी ४० जनाको लन्डन भन्दा बाहिरका विभिन्न स्थानमा मृत्यु भएको दूतावासले जनाएको छ ।

मृत्यु हुनेमा धेरैजसो ७० वर्ष माथिका छन् । नेपाली दूतावास लन्डन र गोर्खा वेल्फेयर ट्रष्ट, भूतपूर्व गोर्खाका संघसंस्था लगायतको संयुक्त प्रयासमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top