होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार नागेको छ । मंगलबार सम्म बिरामीको संख्या ४२ लाख ५० हजार ८ सय ८६ पुगेको छ । त्यस्तै एकै दिन संसार भरबाट ७२ हजार ७ सय ६५ बिरामी थपिएका छन् । त्यस्तै १५ लाख २५ हजार १ सय ९३ जना निको भएका छन् । संक्रमित मध्ये ४६ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले पछिल्लो विवरण सार्वजनिक गरेको छ ।
भाइरसका कारण २ लाख ८६ हजार ९ सय ८६ जनाको ज्यान गएको् छ । विगत २४ घण्टामा कोरोनाबाट ३ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा सबै भन्दा धेरै बिरामी छन् । त्यहाँ १३ लाख ८५ हजार २ सय ६२ संक्रमित रहेका छन् । अमेरिकामा ८१ हजार ७ सय ५९ जनाले ज्यान गुमाउँदा २४ घण्टामा थप ९ सय ७२ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ६८ हजार संक्रमित छन् । त्यहाँ २६ हजार ७ य ४४ जनाको मृत्यु भएको छ । बेलायमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ । त्यस्तै २ लाख २३ हजार ६० संक्रमित रहेका छन् । रुसमा एकै दिन ११ हजार ६ सय ५६ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ । रुसमा हाल सम्म २ हजार ९ जनाको ज्यान गएको छ । भारतमा ७० हजार ७ सय ६८ संक्रमति रहेका छन् भने २ हजार २ सय ९४ जनाको ज्यान गएको छ ।