ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट विश्वभर २ लाख ८२ हजार बढीको ज्यान गयो

नेपालगाथा २०७७ बैशाख २९ गते सोमबार १२:१६:४१ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । भने संक्रमितहरुको संख्या ४१ लाख भन्दा बढी पुगेको छ ।
कोरोनाबाट सबै भन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिका स्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ७९ हजार ५ सय २६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख २४ हजार ३ सय ५० जना संक्रमित छन् भने २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा ३१ हजार ९ सय ३० जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top