होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । भारतमा ५६ हजार भन्दा बढि कोरोना संक्रमित भएका छन् । शुक्रबार सम्म ५६ हजार ३ सय ४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । भने १ सय ३ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८ सय ८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा भारतमा एक हजार २ सय ७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।