होमपेज / अन्तराष्ट्रिय
एजेन्सी । कोरोना भाइरस सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धा्रित निर्वाचन पछाडी धकेलिएको छ । सेप्टेम्बर २३ का लागि निर्धारण गरिएको निर्वाचन सर्ने भएको हो । राष्ट्रपति जोको विडोडोले सोमबार निर्वाचन सरेको घोषणा गरेका हुन् । उनले सेप्टेम्बरका लागि भएको निर्वाचन अब डिसेम्बरमा हुने बताएका छन् ।
नयाँ घोषित मितिमा पनि निर्वाचन हुन्छ वा हुन्न भन्ने कुरा कोरोना भाइरसको महामारीमा भर पर्ने उनको भनाइ छ । राज्य सचिवालयको आधिकारिक अनुसार निर्वाचनले नौ जना गर्भनर, ३७ जना मेयर सहित २ सय २४ जना जिल्ला प्रमुख गरी २ सय ७० जना जनप्रतिनिधि छनौट गर्नेछ । इन्डोनेसियामा कोरोना भाइरसबाट हाल सम्म १२ हजार ४ सय ३८ जना सङ्क्रमित भएका छन् ।
ती मध्ये ३ सय ६७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसै गरी कुल मृतकको संख्या ८ सय ९५ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।