ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट विश्वमा ३६ लाख भन्दा बढी संक्रमित

नेपालगाथा २०७७ बैशाख २३ गते मंगलबार ०९:२५:०६ मा प्रकाशित

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३६ लाख नाघेको छ । विश्वका २ सय १५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहान सम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७२५ को मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ रहेको छ । अमेरिकामा हाल सम्म १ लाख ८७ हजार ४ सय ८४ निको भएका छन् । इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७ सय ३४, स्पेनमा २५ हजार ४ सय २८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ । ११ लाख ९४ हजार १ सय ७७ उपचार पछि निको भएर घर फर्किसकेका छन् । २१ लाख ९५ हजार ८७६ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६ सय ३४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top