ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

यी १० देश जहाँ कोरोनाका कारण बढीले ज्यान गुमाए

नेपालगाथा २०७७ बैशाख २२ गते सोमबार १९:०९:११ मा प्रकाशित

एजेन्सी । चीनको उहान राज्यबाट फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण २ लाख ४८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो संंक्रमणबाट पछिल्लो समय सबै भन्दा बढी प्रभावित बनेको देश अमेरिका हो । जहाँ ६८ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ । अमेरिकामा करिब ११ लाख ८९ हजार मानिसमा यसको संक्रमण देखिएको छ । चीनबाट देखिएको कोरोना भाइरसबाट पछिल्लो समय अमेरिका तथा युरोपेली तहसनहस भएका छन ।

विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी मानिसको निधन भएको १० देशको सूचीबाट चीन हटेको छ । चीनमा (यो समाचार तयार पार्दासम्म) ४ हजार ६ सय ३३ जनाको निधन भएको छ । चीनमा अन्य युरोपेली तथा अमेरिकी राष्ट्रको जस्तो कोरोना संक्रमण दर पनि नभएको देखिन्छ ।

कोरोना भाइरसका कारण ज्यान गुमाएका विश्वका १० देश
अमेरिका, इटाली, बेलायत, स्पेन, फ्रान्स, जर्मनी, रुस, टर्की, ब्राजिल र इरान कोरोनाबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वको सबैभन्दा ठूलो राष्ट्र रुसमा पछिल्लो हप्ता हजारौंमा मानिसमा संक्रमण भेटिएको छ । तर रुसमा हालसम्म एक हजार ३ सयभन्दा बढी मानिसको निधन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top