ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

दिल्लीका मदिरा पसलमा लाग्यो लाइन

नेपालगाथा २०७७ बैशाख २२ गते सोमबार १७:०९:३० मा प्रकाशित

काठमाडौं । भारतमा लकडाउन खुकुलो पार्दै मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको लामो लाइन देखिएको छ । सोमबार राजधानी सहर दिल्लीमा रहेको देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको भारतीय समाचार संस्थाहरुले जानकारी दिएका छन् ।  

भारतले सोमबार देखि मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । तर, यसरी पसल खोल्दा ग्राहकबीच कम्तीमा ६ फिटको भौतिक दूरी भने कायम राख्नुपर्ने हुन्छ ।

भारतिय समाचार संस्था एएनआईका अनुसार दिल्लीका साथै अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको छ । मानिसहरुले सरकारले तोकेको भौतिक दूरीको नियम पनि मानेका छैनन् । भीड नियन्त्रणको लागि केही स्थानमा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

दिल्लीको झील चोक क्षेत्रको एक मदिरा पसल मानिसहरुको भीड थेग्न नसकेपछि प्रहरीले बन्द गराएको छ । दिल्लीका विभिन्न स्थानमा रहेका एक सय ५० मदिरा पसल सोमबारदेखि खुलेका हुन् । त्यस्तै कर्नाटक, छत्तिसगढलगायत विभिन्न राज्यमा पनि मदिरा पसल खुलेसँगै बिहानैदेखि मानिसहरु लाइनमा बसेका थिए ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top