ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

रसियामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

नेपालगाथा २०७७ बैशाख २० गते शनिबार १५:३८:५४ मा प्रकाशित

काठमाडौँ । रसियामा कोरोना संक्रमितको संख्या १ लाख नागेको छ । शुक्रवार राष्ट्रव्यापी रुपमा ७ हजार ९ सय ३३ नयाँ संक्रमित प्रमाणित भए सँगै कुल संक्रमित संख्या १ लाख १४ हजार ४ सय ३१ पुगेको रसियाको कोरोना भाइरस संकट केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन् । यो सँगै रसियामा कोरोना भाइरसका कारण मृत्यु हुने संख्या १ हजार १ सय ६९ पुगेको छ । यसै गरी रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्टिन पछि मन्त्रीपरिषद्का निर्माण मन्त्री भ्लादिमीर याकुशेभलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । उनका एक प्रतिनिधि भोल्कोभलाई समेत कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

सुरुमा अन्य देशको तुलनामा थोरैको संख्यामा त्यहाँ कोरोना संक्रमित देखिएका थिए । तर, गत महिनाबाट संक्रमितको संख्या तीव्र गतिमा बढ्न सुरू भयो । यसरी बढेको संख्या बिहीबार १ लाख नाघेको थियो । बढ्दो संक्रमित संख्यालाई ध्यानमा राख्दै राष्ट्रपति पुटिनले कोरोनाको महामारी अझ चुलिन सक्ने चेतावनी दिएका छन् ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top