होमपेज / अन्तराष्ट्रिय
एजेन्सी । अमेरिकामा लकडाउनको विरोध भएको छ । कोरोना संक्रमण रोक्न अमेरिकी सरकारले पनि देश लकडाउन गरेको छ । तर त्यहाँ लकडाउनको विरुद्ध पछिल्ला केही दिनयता विरोध भइरहेका छन् । विश्वभर कोरोना भाइसरका कारण दुई लाख ३४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अमेरिकामा मात्रै ६३ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यहाँ १० लाख भन्दा बढी मानिसमा यसको संक्रमण देखिइसकेको छ । यो दर निकै तीव्र गतिमा बढिरहेको आँकडामा देखिन्छ । तर अमेरिकाको मिसिगन राज्यमा लकडानका कारण मारमा परेको र निसास्सिएर बस्नुपरेको भन्दै लकडाउन खुलाउन आन्दोलन चर्काइएको छ ।
जहाँ केही मानिस हतियार सहित प्रदर्शन उत्रिएका अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । खासगरी मिसिगनको राजधानी लासिंगमा मानिसहरु घरबाहिर निस्केर सरकारले लगाएको लकडाउनको विरोध गरिरहेका छन् । समाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा केही प्रदर्शनकारीले हतियार बोकेर सडकमा उत्रिएको देखिएको बताइएको छ । अमेरिकाका अन्य राज्यमा पनि लकडाउन विरुद्ध मानिसहरु सडका उत्रन थालिसकेका छन् । मिसिगनमा गत २३ मार्चबाट राज्यभर लकडाउन गरिएको थियो ।