होमपेज / अन्तराष्ट्रिय
एजेन्सी । विश्वभर कोरोनाका कारण २ लाख २८ हजार बढिले ज्यान गुमाएका छन् । भने ३२ लाख नयाँ संक्रमित भएका छन् । जस मध्ये सबै भन्दा धेरै अमेरिकामा कोरोना भाइरस (कोभिड( १९) का कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । अमेरिकामा विगत २४ घण्टामा २३ सय ५२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ एकै दिन २७ हजार पाँच सय ८६ जना बिरामी थपिएका छन् । अमेरिकामा हालसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएका छन् । ती मध्ये १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन् ।
अमेरिका पछि धेरै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । त्यहाँ २७ हनार ६ सय ८२ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३ हजार ५ सय ५१ जना संक्रमित छन् । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायतको स्वास्थ्य मन्त्रलायले जनाएको छ । तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । बेलायतमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित रहेका छन् । स्पेनमा मृत्यु हुनेको संख्यामा केही कमी आएको छ । त्यहाँ विगत २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाएका छन् । हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ ।
फ्रान्समा २४ हजारको ज्यान गएको छ । त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ । अर्को अमेरिकी देश ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ ।
त्यस्तै नेपालको छिमेकी देश भारतमा ३३ हजार ६२ जना संक्रमित छन् । त्यहाँ हालसम्म एक हजार ७९ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ४ सय ३७ जना निको भएका छन् । विश्वभरका संक्रमित मध्ये १० लाख भन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।