ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाको महामारी अन्त्य अझै लामो समय लाग्न सक्छ –डब्लुएचओ

नेपालगाथा २०७७ बैशाख १६ गते मंगलबार १२:५८:२२ मा प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ । डब्लुएचओका प्रमुखले पछिल्लो समय अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिका र केही एसियाली मुलुकमा महामारी बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यो महामारी अन्त्य गर्नुअघि लामो यात्रा तय गर्नुपर्ने र त्यसका लागि धेरै काम गर्नुपर्ने बताएका छन् ।

सोमबार नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको उनको भनाइ छ ।

अहिले कोरोना भाइरसको महामारीको कारण विश्वभर बालबालिकाहरुलाई दिइँदै आएको खोपको कार्यक्रम पनि प्रभावित भएको डब्लुएचओका प्रमुख टेड्रोसले बताए । कोरोना भाइरसको जोखिम बालबालिकामा कम रहेको भए पनि खोपको अभावमा अन्य रोगको जोखिम बढेको उनको भनाइ थियो ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top