ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या २९ हजार पुग्यो

नेपालगाथा २०७७ बैशाख १६ गते मंगलबार १२:३६:४९ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या २९ हजार पुगेको छ । भने मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या पनि एक हजार ६ सयभन्दा धेरै बढेको हो । भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबै भन्दा प्रभावित बनेको छ । अहिले सम्म महाराष्ट्रमा तीन सय ६९ जनाको मृत्यु भइसकेको छ भने आठ हजार पाँच सय ९० जना संक्रमित छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ६२ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय १० जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार नौ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा तीन सय ४५ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ६ हजार आठ सय ६९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top