होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । कोरोनाका कारण अमेरिकामा केहि दिनयता मृत्यु दर घट्दै गएको छ । कोरोना भाइरसको इपीसेन्टर मानिएको अमेरिकामा विगत दुई दिन यता मृत्युदर केही घट्दै गएको हो । दैनिक दुई हजारको हाराहारीमा ज्यान गुमाइरहेको अमेरिकामा विगत दुई दिन देखि १२ सय सम्म आइपुगेको छ । कोरोनाका कारण विगत २४ घण्टामा अमेरिकामा १२ सय ३६ जनाले ज्यान गुमाएको वल्डोमिटरले जनाएको छ ।
अमेरिकामा हाल मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४९ रहेको छ । त्यस्तै त्यहाँ संक्रमितको संख्या १० लाख नाघेको छ । अमेरिकामा १० लाख आठ हजार ४३ संक्रमित रहेका छन् । अमेरिकाको न्यूयोर्कमा मात्रै २२ हजार ६ सय २३ जनाले ज्यान गुमाउँदा त्यहाँ संक्रमितको संख्या २ लाख ९८ हजार चार रहेको छ । त्यस्तै न्यूजर्सीमा ६ हजार ४४ जनाको मृत्यु भएको छ । १ लाख ११ हजार ८८ जनामा संक्रमण देखिएको छ । अमेरिका पछि विश्वमा सबै भन्दा धेरैले ज्यान गुमाएको देश इटाली हो । इटालीमा २६ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख ९९ हजार संक्रमित रहेका छन् । स्पेनमा २३ हजार ५ सय २१ जनाको मृत्यु भएको छ भने २ लाख २९ हजार ४ सय २२ जना संक्रमित छन् ।
एजेन्सी