ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाका कारण विश्वभर २ लाख ६ हजार बढिको मृत्यु, २९ लाख ७० हजार बढि संक्रमित

नेपालगाथा २०७७ बैशाख १५ गते सोमबार ०८:१४:०४ मा प्रकाशित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर दुई लाख ६ हजार बढिको मुत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २ लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । अहिले सम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचार पछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् ।

कोरोना भाइरसका कारण सबै भन्दा बढी प्रभावित अमेरिकामा अहिले सम्म ९ लाख ६४ हजार ९ सय ३७ जना संक्रमित भएका छन् भने ५४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र १७ हजार २ सय ८० जनाको मृत्यु भएको छ । अमेरिकामा उपचारबाट एक लाख ६ हजार ९ सय ८५ जना निको भएका छन् । अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटलीमा संक्रमित संख्या एक लाख ९७ हजार ६ सय ७५ र मृतक संख्या २६ हजार ६ सय ४४ पुगेको छ । यहाँ ६४ हजार ९ सय २८ जना निको भएका छन् ।

स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना संक्रमित भएका छन् र २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ । यस्तै एक लाख १७ हजार ७ सय २७ जना निको भएका छन् । फ्रान्समा १ लाख ६२ हजार २ सय २० जना संक्रमित हुँदा २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । ४५ हजार ६ सय ४१ जना निको भएका छन् । बेलायतमा १ लाख ५४ हजार ३७ जना संक्रमित भएका छन् भने २० हजार ७ सय ९४ जनाको मृत्यु भएको छ र सात सय ७८ जनामात्र निको भएका छन् । जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित भएका छन् भने ५ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ । यहाँ निको हुनेको संख्या १ लाख १२ हजार रहेको छ ।
एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top