ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा २६ हजार बढि कोरोना संक्रमित

नेपालगाथा २०७७ बैशाख १४ गते आइतबार १४:३९:३० मा प्रकाशित

काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २६ हजार नाघेको छ । टाइम्स अफ इण्डियाका अनुसार आइतबार सम्म कोरोना भाइरस संक्रमितको संख्या २६ हजार २ सय ७० पुगेको हो । त्यस्तै मृत्यु हुनेको संख्या आठ सय २५ पुगेको छ । महाराष्ट्रमा शनिबार मात्रै १ हजार ७ सय १५ नयाँ संक्रमित थपिएका थिए । गत बिहीबार सबैभन्दा धेरै १ हजार ७ सय ५५ संक्रमित थपिएका थिए ।

अहिले महाराष्ट्रमा मात्रै सात हजार ६ सय २८ संक्रमित छन् । जसमध्ये ९५७ को उपचार भइसकेको छ भने ३ सय २३ ले ज्यान गुमाएका छन् । त्यहाँ तीन विदेशी नागरिकमा पनि कोरोना संक्रमण भेटिएको थियो । गुजरातमा तीन हजार ७१ संक्रमित रहेका छन् भने एक सय ३३ जनाले ज्यान गुमाएका छन् ।
राजस्थान र मध्येप्रदेशमा भने दुई हजार बढी संक्रमित छन् ।

राजस्थानमा ३४ जनाको मात्रै मृत्यु भएको छ । तर मध्यप्रदेशमा मृतकको संख्या ९९ पुगेको छ । नेपालसँग जोडिएको विहारमा भने दुई सय ४३ संक्रमित छन् । त्यसमध्ये ४३ जना निको भइसकेका छन् भने दुई जनाको मृत्यु भएको छ ।
एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top