होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै काेराेनाबाट मृत्यु हुनेको संख्या ७ सय २१ पुगेको हो । भारतमा एकै दिन १ हजार ६ सय ६९ जनामा संक्रमण देखिए सँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ पुगेको हाे । भारतमा संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको भएका छन् । १७ हजार ३०६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा सबैभन्दा बढी प्रभावित बनेको छ । सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकका रुपमा देखिएको छ ।