ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाका कारण विश्वभर १ लाख ९० हजारले ज्यान गुमाए

नेपालगाथा २०७७ बैशाख १२ गते शुक्रबार ०८:१३:२२ मा प्रकाशित

काडमाडौं । कोरोनाका कारण विश्वभर एक लाख ९० हजारले ज्यान गुमाएका छन् । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको छ । त्यो मध्ये अमेरिका सबै भन्दा बढि प्रभावित भएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १६ हजार ३ सय २० पुगेको छ । गत २४ घण्टामा मात्रै साढे ८४ हजार नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये सात लाख ४५ हजार ३ सय ४३ जना उपचारपछि निको भएका छन् । विगत २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय २२ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ । त्यहाँ अहिले सम्म ८ लाख ८० हजार १ सय ३६ जना संक्रमित भएका छन् । बिहीबार मात्रै अमेरिकामा ३१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी इटालीमा बिहीबार ४ सय ६४ जनाको मृत्यु भएको छ । यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ । त्यसैगरी स्पेनमा बिहीबार ४ सय ४० जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ । फ्रान्समा बिहीबार ५ सय १६ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृतकको संख्या २१ हजार ८ सय ५६ पुगेको छ । त्यसैगरी बेलायतमा बिहीबार ६ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै त्यहाँ मृतकको संख्या १८ हजार सात सय ३८ पुगेको छ । ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ ।

त्यसैगरी बिहीबार जर्मनीमा २ सय ६०, बेल्जियममा २ सय २८, टर्कीमा १ सय १५, क्यानाडामा १ सय ७३, मेक्सिकोमा १ सय १३, नेदरल्यान्डमा १ सय २३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top