होमपेज / अन्तराष्ट्रिय
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य धुव्र कुमार शाहीको पहलमा भारतमा रहेका नेपालीलाई राहत वितरण गरिएको छ । भारत गुजरात राज्यको अहमदाबादमा नोकरीको सिलसिलामा गएका सुर्खेत भेरी गङ्गा नगरपालिका ८ का केहि नेपाली परिवार लाकडाउनको मारमा परेका थिए । लकडाउनको कारण नोकरी नपाएर साथिको काम गर्ने ठाउँमा बस्दै आएका उनीहरुको समस्याबारे माननीय शाहीले खबर गरेपछि राहतको व्यवस्था मिलाइएको हो ।
शाहीले भारत स्थित नेपाली राजदुतावासलाई राहतको लागी पहल गरि दिन निर्देशन दिएका थिए । राजदुतावासले नेपाली परिवारलाई फोन गरेर उनीहरुको सबै जानकारी लिएर अहमदाबादको स्थानीय प्रशासन मार्फत बुधबार १० गते उनिहरु बस्दै आएको ठाउमा १ महिना सम्म खान सक्के रासन चावल , पिठो , दाल , तेल , चिनी , मसला उपलब्ध गराएको छ । स्थानीय प्रशासनले उनीहरुलाई आगामी दिनमा पनि रासन कम परे सम्पर्क गर्न समेत आग्रह गरेको त्यहाँ बस्दै आएका भेरीगंगा नगरपालिकाका हरि महरले जानकारी दिए ।