ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्‍यो

नेपालगाथा २०७७ बैशाख १० गते बुधबार ११:५०:१९ मा प्रकाशित

काठमाडाैँ ।  भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। मंगलबार रातिसम्म २० हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृतक संख्या ६ सय ४५ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ। योसँगै भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ । मंगलबार भारतमा १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन भारतमा धेरै संक्रमित फेला परेको यो दोश्रो पटक हो । यसअघि आइतबार सबैभन्दा बढी १६ सय १३ जना संक्रमित थपिएका थिए । मंगलबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रबाट रहेका छन्। महाराष्ट्रमा ४ सय १९ जना संक्रमित भेटिएका छन् भने १२ जनाले ज्यान गुमाएका छन् ।त्यसपछि राजस्थान र पश्चिम बंगालमा धेरै संक्रमित भेटिएका छन् । राजस्थानमा १ सय ५९ नयाँ संक्रमित फेला परेका छन् भने पश्चिम बंगालमा ५३ जना संक्रमित भेटिएका छन् । अन्य भारतीय राज्यहरूमा समेत कोरोना भाइरस संक्रमितहरू तीव्र गतिमा बढिरहेको तथ्यांकले देखाएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top