ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनको वुहान शहर कोरोनाको कम जोखिम क्षेत्र घोषित

नेपालगाथा २०७७ बैशाख ८ गते सोमबार १२:००:१८ मा प्रकाशित

काठमाडौँ । चीनले कोरोना भाइरसको उद्गमस्थल वुहानलाई भाइरसको कम जोखिमयूक्त क्षेत्र घोषणा गरेको छ । चीनको स्टेट काउन्सिलले जारी गरेको  जोखिम मापदण्ड अनुसार  पछिल्लो १४ दिनमा कुनै राज्य वा प्रदेशमा नयाँ कोरोना भाइरस नदेखिएमा सो क्षेत्र कम जोखिम क्षेत्रमा पर्छ । लकडाउन हटाएको १२ दिनपछि वुहान शहरलाई कम जोखिम भएको क्षेत्रमा राखिएको हो ।

सो मापदण्ड अनुसार ५० वा सो भन्दा बढी संक्रमित केस भएको तर प्रकोपको जोखिम नभएको क्षेत्रलाई मध्य जोखिम क्षेत्र र ५० भन्दा बढी केस देखिएको र प्रकोपको जोखिम भएको क्षेत्रलाई उच्च जोखिमपूर्ण क्षेत्रका रुपमा परिभाषित गरिएको छ । चीनमा शनिबारसम्म ८२ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । चीनमा शनिबार लक्षण नदेखिएका  ४४ जना संक्रमित भेटिएका छन् । योसँगै लक्षण नदेखिएका संक्रमितको संख्या ९ सय ९९ पुगेको छ । जसमा १ सय ८५ आयातित संक्रमित रहेका छन् । उनीहरुको उपचार जारी छ । गत वर्ष डिसेम्बरमा वुहानमा पहिलो पटक कोरोना भाइरस देखापरेको  थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top