ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

एकै परिवारका २६ जनालाई कोरोना

नेपालगाथा २०७७ बैशाख ७ गते आइतबार १२:१०:११ मा प्रकाशित

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ । शनिबार भारतको दिल्लीस्थित जहांगपुरी ईलाकामा एकै परिवारका २६ जना सदस्यलाई कोरोना पोजेटिभ पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोरोना भाइरसको चपेटामा परेका ति सबै व्यक्ति कोरोना हटस्पोटवाला क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

उक्त क्षेत्रलाई दिल्ली सरकारले धेरै पहिला देखि नै सील गरिसकेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले २६ जनामै कोरोनाको संक्रमण भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

स्वास्थ्य विभागको टिमले अहिले पूरा क्षेत्रमा कोरोना परिक्षणमा खटिएको बताइएको छ । भारतमा आइतबार विहान समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीका कारण ५२१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ हजार ३ सय ६५ पुगेको छ । जसमध्ये २ हजार ४६६ जना उपचारपछि निको भएका छन् । १३ हजार ३७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top