ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनमा एकैदिन १ हजार २ सय ९० को मृत्यु

ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ पुग्याे

नेपालगाथा २०७७ बैशाख ६ गते शनिबार १३:४९:०५ मा प्रकाशित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण चिनमा एकै दिन एकैदिन १ हजार २ सय ९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो ।
यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । यो समाचार तयार पार्दासम्म चीनमा ८२ हजार ६ सय ९२ जना संक्रमित छन् । २४ घण्टाको अवधिमा ३ सय २५ नयाँ संक्रमित फेला परेका छन् ।
संक्रमितमध्ये ७७ हजार ९ सय ४४ उपचारपछि घर फर्किएका छन् भने १ सय १६ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ८९ जनाको अवस्था गम्भीर रहेको चिनिया सञ्चार माध्यामहरुले जानकारी दिएका छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १ सय २६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकै दिन ८५ हजार ६ सय ७० नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये ५ लाख ७० हजार ७ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार १ सय १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९ सय ६७ जनाको अवस्था गम्भीर छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top