ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

दिल्लीमा ३१ मार्चसम्म नाइट क्लब, स्पा र जीम बन्द

नेपालगाथा २०७६ चैत्र ३ गते सोमबार १७:५६:५१ मा प्रकाशित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक, धार्मिक र राजनीतिक भेलामा ५० भन्दा धेरै मानिस भेला हुनमा प्रतिबन्ध लगाएका छन्। 'सम्भव हुन्छ भने मानिसहरुले विवाहको मितिलाई अगाडि सार्नु,' सोमबार उनले भने। यसको असर नागरिकता संशोधन कानूनविरुद्ध भइरहेको विरोध प्रदर्शनमा पनि पर्ने भएको छ। दिल्लीको शाहीन बागमा अब प्रदर्शन गर्न पाइने छैन। ५० भन्दा धेरै मानिस प्रदर्शनस्थलमा भेला भएमा उनीहरुविरुद्ध संक्रामक बिमारी कानुन १८९७ अनुसार इलाकाका प्रहरीले कारबाही गर्ने उनले बताए।

केजरीवालले पत्रकार सम्मेलनमा भने, ‘हामीले स्कुल, कलेज,सिनेमा घर र स्विमिंग पुल पहिले नै बन्द गरिसकेका छौँ, जिम, नाइट क्लब र स्पा ३१ मार्च सम्म बन्द गर्न आदेश दिएका छौँ।'  संक्रमणको फैलन नदिनका लागि यस्तो गर्नुपरेको केजरीवालले बताए। भारतमा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ भने दुईजनाले ज्यान गुमाइसकेका छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top