ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्कियो

नेपालगाथा २०७६ फाल्गुण २५ गते आइतबार १७:०३:०२ मा प्रकाशित

काठमाडौं । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किएको छ । चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो । बीबीसीका अनुसार, भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको छ । फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ । फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको जनाएको छ ।

सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण भने खुलेको छैन । हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित भएको छ । आइतबार बिहानसम्ममा ३ हजार ७० मानिसको कोरोनाका कारण ज्यान गइसकेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार संक्रमितको संख्या विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा यसको लक्षण देखापरेको छ । ५६ हजार ९ सय ३ जना संक्रमित भने स्वास्थ्य लाभ गरेर घर फर्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top