ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोना त्रास : सैनिक नै थला परे, अमेरिकी र दक्षिण कोरियालीबीचको सैन्य अभ्यास स्थगित

नेपालगाथा २०७६ फाल्गुण १५ गते बिहीबार १४:३४:०४ मा प्रकाशित

चीनस्थित उहान शहरबाट फैलिएको कोरोना भाइरसको त्रासका कारण अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास स्थगित गरेका छन्। दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि सैन्य अभ्यास स्थगित भएको जनाएको छ।  कोरोनाका कारण अहिले दक्षिण कोरिया त्रस्त छ। संक्रमण दुवै देशका सेनामा फैलिएको र थप क्षति हुन नदिन सैन्य अभ्यास स्थगित गरिएको कोरियाली अधिकारीहरुले जानकारी दिएका छन्। कोरोनाबाट कोरियामा रहेका एक अमेरिकी सेना संक्रमित भएको खबर बुधबार नै सार्वजनिक भएको थियो।

देगुबाट करिब २० किलोमिटर पर रहेको सैन्य क्याम्पका ती सैनिकमा कोरोना संक्रमण भेटिएपछि दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकहरु थप सजग भएका छन्।  दक्षिण कोरियाली सेनाका कैयौं जवान र अधिकारीहरुलाई पनि कोरोना संक्रमण भएको छ। सैन्य अभ्यासका लागि छानिएका सेनाहरुमा पनि कोरोना संक्रमण देखिएपछि अमेरिका र कोरिया संयुक्त सैन्य अभ्यासबाट पछि हटेका हुन्।  यी दुई देशबीच संयुक्त सैन्य अभ्यास हुँदा कोरियाली प्रायद्वीपको अर्को मुलुक उत्तर कोरिया निकै आक्रोशित हुने गर्छ। आफूमाथि आक्रमणको तयारीस्वरुप यस्तो सैन्य अभ्यास हुँदै आएको आरोप प्योङ्गयाङ्गले लगाउने गरेको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top