ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

समाचारमा आपत्तिजनक शीर्षक : दुई अमेरिकी पत्रकारलाई चीन छाड्न आदेश 

नेपालगाथा २०७६ फाल्गुण ८ गते बिहीबार १७:०४:१० मा प्रकाशित

एजेन्सी । कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनले दुई अमेरिकी र एक अस्ट्रेलियन पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। वाल स्ट्रिट जर्नलमा कार्यरत उनीहरुलाई चीन नछाडे प्रेस अनुमति प्रमाण रद्द गर्ने चेतावनी चिनियाँ अधिकारीले दिएका छन्। उनीहरूमाथि पत्रिकामा प्रकाशित एउटा समाचारको शीर्षक आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको थियो। केही दिनअघि प्रकाशित उक्त लेखमा जातीय विभेद दर्शाउने भाषा प्रयोग गरिएको भन्दै  चिनियाँ विदेश मन्त्रालयले विरोध गरेको थियो । 

चिनियाँ विदेश मन्त्रालयले उनीहरुले उक्त लेखको खण्डन नछापेको पनि जनाएको छ। चीन छाड्न आदेश दिइएका पत्रकारहरूमा जोस चिन, चाव देङ र फिलिप वेन छन्।  वाल स्ट्रिट जर्नलले दिएको जानकारी अनुसार चिन र देङ अमेरिकी पत्रकार हुन्। अर्का वेन अस्ट्रेलियन नागरिक हुन्। कोरोना भाइरसबारे छापिको समाचारलाई लिएर चिनियाँ विदेश मन्त्रालयले यसअघि त्यस पत्रिकाको विरोध गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top