ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

यसरी खस्यो इरानमा विमान 

नेपालगाथा २०७६ पौष २३ गते बुधबार १५:४९:५५ मा प्रकाशित

अमेरिकासँग युद्धस्तरको तनाव बढिरहेका बेला इरानमा १८० जना सवार विमान दुर्घटनामा परेको भिडियो सार्वजनिक भएको छ। तेहरानबाट युक्रेनतर्फ उडान भरेको केही मिनेटमै बुधबार बिहान बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको थियो।  युद्धको स्थिति रहेकाले विमान खसालियो या प्राविधिक समस्याका कारण खस्यो भन्नेबारे अहिलेसम्म एकीन जानकारी आइसकेको छैन। विमानमा अचानक खराबी देखिएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी मात्रै प्राप्त भएको छ।

अमेरिकी हमलामा आफ्ना सैनिक जनरल कासिम सुलेमानीको मृत्यु भएलगत्तै इरानले बुधबार बिहान इराकस्थित अमेरिकी सैन्य अखडामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। मिसाइल प्रहारपछि सृजित तनावकै बीच युक्रेन इन्टरनेशनल एअरलाइन्सको विमान तेहरानस्थित इमाम खुमैनी विमानस्थल नजिक दुर्घटनाग्रस्त भएको हो।  दुर्घटनाका कारण भएको मानवीय हताहतिबारे एकीन जानकारी प्राप्त भइसकेको छैन। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top