होमपेज / अन्तराष्ट्रिय
सुर्खेत । दक्षिण कोरियामा रोजगारी गरेर फर्केका सुर्खेती युवाहरुले ‘कोरिया रिटन्र्स ग्रुप’ गठन गरेका छन् । दक्षिण कोरियामा आर्जन गरेको सीप र आम्दानीलाई सामूहिक रुपमा लगानी गरेर उद्यम गर्ने, रोजगारी सृजना गर्ने, सामाजिक सेवा गर्नेलगायतका उद्देश्य राखेर कोरियाबाट फर्केका युवाहरुले उक्त समूह गठन गरेका हुन् ।
बुधबार नरेन्द्रबहादुर थापाको अध्यक्षतामा गठन भएको हो । जसमा टोपबहादुर गरंजा उपाध्यक्ष रहेका छन् । यस्तै डायमण्ड ज्योति शर्मा महासचिव, कृष्ण अधिकारी सचिव र अशोक रावत कोषाध्यक्ष छन् । यस्तै जीवन रोकाय, सुनिल गहतराज, प्रकाश जोशी, डिल्लीप्रसाद अधिकारी र रुद्र अधिकारी सदस्य रहेका छन् ।
यस्तै सुर्खेती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तुलस गुरुङको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा लक्ष्मी नारायण बस्नेत, केशव तिवारी, लक्ष्मी ढकाल, विकास मल्ल, लोकेश खत्री रहेका छन् ।
दक्षिण कोरियाबाट घर फर्केका र दशैं तथा तिहारको विदामा घर आएका युवाहरुले कार्य समिति चयन गरेका हुन् । दक्षिण कोरियामा क्रियाशिल सुर्खेती समाज दक्षिण कोरियाको सहकार्य रहने गरी सुर्खेतमा समूह गठन गरिएको जनाइएको छ ।