ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

थाइ राजाले खोसे श्रीमतीको शाही उपाधि

नेपालगाथा २०७६ कार्तिक ५ गते मंगलबार १३:०४:०७ मा प्रकाशित

थाइल्याण्डका राजाले आफ्नी एक श्रीमतीको शाही उपाधि खोसेका छन्। महा वजिरालंगकर्णले आफू राजा बन्नुभन्दा पहिले  विवाह गरेका थिए।  ती महिलाले विश्वासघात गरेको भन्दै राजाले त्यस्तो निर्णय लिएको जनाइएको छ। राजा हुनु भन्दा केहि महिना अघि मात्र विवाह गरेकी ती महिला मेजर जेनरल  तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षकसमेत हुन्। राजा माहा वाजिरालङकोर्नले गत वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिडासँग विवाह गरेका थिए। राजाको यस अघि पनि एक श्रीमतीकाे शाही पद खाेसेका थिए।  राजाले जारी गरेको औपचारिक घोषणामा उनी ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ। यही कारणले उनको शाही उपाधि खोसियो। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top