ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

तीन श्रीमतीले गरे श्रीमानको दीघार्युको कामना

नेपालगाथा २०७६ कार्तिक २ गते शनिबार १२:१८:२८ मा प्रकाशित

विश्वभरका हिन्दू धर्मालम्बी महिलाहरूले आफ्ना पतिको दीर्घायुका लागि बिहीबार करवा चौथलाई चन्द्रमाको अवलोकन गरेर मनाएका छन्। धार्मिक मान्यताअनुसार चन्द्रमाको अवलोकन गरेपछि उपवास तोड्ने चलन रहँदै आएको छ। सामाजिक सञ्जालमा भारतको मध्य प्रदेशको सतनाका तीन बहिनीहरूले आफ्ना पतिको लागि संयुक्त रूपमा उपवास बसेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। भाइरल भएको उक्त तस्वीरमा तीन महिलाले आफ्ना लोग्नेलाई निहुरिएर हेरिरहेका छन्।

 ती तीनजना दिदीबहिनीहरुले एकै मानिससँग विवाह गरेका हुन्। यद्यपि आईएएनएसले चित्रको प्रामाणिकता पुष्टि गर्न सक्दैन। चित्रकूटको लोधवाराको काशिराम कालोनी निवासी कृष्णको १२ वर्षअघि तीन बहिनीहरू शोबा, रीना र पिन्कीसँग बिहे भएको थियो। त्यसबेलादेखि तिनीहरू सँगै बसिरहेका छन्। प्रत्येक बहिनीहरुको दुई-दुई बच्चा छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top