होमपेज / अन्तराष्ट्रिय
खार्तुम । सुडानमा बुधबारदेखि देशव्यापी युद्धविरामको घोषणा गरिएको छ। सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधान अनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धविराम घोषणा गरेका हुन्। सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धविरामको घोषणा गरिएको हो, परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ। उनको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि युद्धविराम लागू भएको छ।
दक्षिणी सुडानको राजधानी जाबामा वार्ताको प्रयास भइरहेका बेला युद्धविरामको घोषणा भएको हो। सुडानको सरकारी पक्ष र विद्रोही तथा सशस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्। सुडानमा लामो समयदेखि विभिन्न समूहहरूसँग सरकारको द्वन्द्व चलिरहेको छ। एजेन्सी ।