ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

नेपाल उड्नुअघि सी र मोदीबीच ६ घण्टा वार्ता

नेपालगाथा २०७६ आश्विन २५ गते शनिबार १४:४१:४७ मा प्रकाशित

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ६ घण्टा लामो वार्ता भएको छ। शनिबार अपरान्ह नेपाल उड्नु अघि सीले मोदीसँग लामो वार्ता गरेका हुन्। मोदी र सीबीच शुक्रबार अपरान्ह, राति डिनरमा र शनिबार बिहान पनि वार्ता भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार पटक पटक गरी ६ घण्टा वार्ता भएको हो। उनीहरुबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार यति लामो छलफल भएको हो।

दुई नेताबीच पटक पटक वान-ट-वान वार्ता पनि भएको छ । दुई नेताबीच गत अप्रिलमा पनि चीनको वुहानमा दुई नेताबीच भेटवार्ता भएको थियो । मोदीले सीलाई शुक्रबार दिउँसो स्वागत गरेका थिए। त्यसपछि सीलाई अर्जुन तपस्यास्थली र तट मन्दिरको दर्शन गराए। महाबलीपुरममा सांस्कृतिक कार्यक्रमपछि मोदीले सीलाई रात्रीभोज गराए। शनिबार बिहान उनीहरुले छलफल गरे ।

त्यसक्रमा सँगै हिँडेका थिए। दुवैले त्यसक्रममा आतंकवाद र कट्टरपन्थीको तनावबारे चिन्ता जनाए। शुक्रवार राति भारतीयय विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिए। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top