ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चिनियाँ राष्ट्रपति शी चिनफिङको भारत भ्रमण तय

नेपालगाथा २०७६ आश्विन १५ गते बुधबार १२:५३:४१ मा प्रकाशित

काठमाडौं । चिनियाँ राष्ट्रपति शी चिनफिङ असोजको अन्तिम साता भारत भ्रमणमा आउने भएका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग चेन्नई नजिकको महाबलीपुरममा अनौपचारिक शिखर सम्मेलनमा भाग लिनेछन् । शिखर सम्मेलनको तयारीस्वरूप महाबलीपुरममा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । त्यहाँका तटहरूमा पानीसम्बन्धी खेलहरूमा अस्थायी प्रतिबन्ध लगाइएको छ । कोवलमदेखि महाबलीपुरमसम्मको २० किलोमिटर क्षेत्रमा सुरक्षाको कडा व्यवस्था गरिएको छ । 

मोदी र शीबीच दोस्रोपटक अनौपचारिक वार्ता हुन लागेको हो । यसअघि चीनको वुहानमा भएको वार्तामा कुनै एजेन्डा थिएन र अनेकौं विषयमा कुरा भएको थियो । तमिलनाडुमा हुने भेटघाटमा कश्मीरको विषय नउठाइने चीनको परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top