ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वका सबैभन्दा वृद्ध हजामको १०८ वर्षमा निधन

नेपालगाथा २०७६ आश्विन ११ गते शनिबार १७:२६:५४ मा प्रकाशित

२०७६ संसारको सबैभन्दा वृद्ध हजाम एन्थोनी म्यानकिनेलीको १०८ वर्षको उमेरमा निधन भएको छ। न्युयोर्क निवासी एन्थोनीको सेप्टेम्बर १९ मा मृत्यु भएको थियो । उनी ९६ वर्षसम्म कपाल काट्ने पेसामा सम्लग्न भए । एन्थोनीको परिवार सदस्यका अनुसार उनी जीवनको अन्तिम समयसम्म पनि सक्रिय रहे।  सन् २०१८ मा एन्थोनीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा विश्वको सबैभन्दा बृद्ध हजामको रुपमा नाम दर्ता भएको थियो । गिनिज वल्र्ड रेकर्डका अनुसार एन्थोनी आफ्नो परिवारसँग ८ वर्षको उमेरमा अमेरिका आप्रवासनमा गएको थिए।

परिवारको कमजोर आर्थिक अवस्थाको कारण १२ वर्षको उमेरमा उनी कपाल काट्ने पेसासँग प्रवेश गरे।  उनले न्युबर्गमा स्कूलको पढाई गरे तर कहिले आफ्नो ग्रेजुएसन पुरा गर्न सकेन। एन्थोनीका ८२ वर्षे छोरा रोबर्ट म्यानकिनेलीका अनुसार पिता एन्थोनी सम्पूर्ण जिन्दगीभरी स्वस्थ रहेका थिए। तर अन्तिम समयमा भने उनलाई क्यान्सर रोग लाग्यो । यही वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो। सोही रोगको कारण उनको मृत्यु भएको हो।  ‘तर अन्तिम समयसम्म पनि उनी पुनः काममा फर्किन चाहन्थे ,’ रोबर्टले भने।

एन्थोनीले दोस्रो विश्वयुद्धभन्दा अघि अर्थात सन् १९३२ बाट कपाल काट्न सुरु गरेका थिए । त्यो समय कपाल काट्दा २५ सेन्ट्स(पैसा बराबर) लाग्थ्यो तर निधन हुनु केही अघि उनी काम गर्ने फ्यान्टास्टिक कट्समा उनी कपाल काटेको १९ डलर लिन थालेका थिए।  फ्यान्टास्टीक कट्सकी संचालिका जेन डिनेज्जाका एन्थोनीका बारेबा बोल्दै भनि ,‘उनी जिउदो जाग्दो इतिहास थिए। एक जना टिभी च्यानलका मानिस यहाँ आएर उनको कुसीमा अब को काम गर्छ भनेर सोध ।

त्यो समय त मैले सोचेका थिइन तर के अब यो कुर्सी अरु कसैले न्याय गर्न सक्छ ? सक्दैन ?’ डिनेज्जा आफूले एन्थोनीको कुर्सी उनकै सम्झनामा खालि राख्ने विचार गरेको बताइन्। रोबर्टले आफ्नो पितालाई सम्झदै भने ,‘बुवाले आफूलाई जीवनको हरेक परिवर्तनलाई स्वीकार गर्दै आफूलाई यस क्षेत्रमा अपडेट गर्दै लगेका थिए।’ एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top