ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वलाई झस्काउने १६ वर्षीया ग्रेटाको त्यो भाषण (भिडियोसहित)

नेपालगाथा २०७६ आश्विन ८ गते बुधबार १९:०८:१५ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक १६ वर्षीया मौसम परिवर्तनविरुद्धकी अभियन्ता ग्रेटा थनबर्गमाथि गाली भरिएको ट्विट गरेपछि घेराबन्दीमा परेका छन्।  जलवायु परिवर्तनबारे ग्रेटाको आँसुमिश्रित भाषणपछि ट्रम्पले ट्विटमा भनेका थिए, एउटी धेरै ‘खुसी जवान केटी’आफ्नो उज्जवल र अद्भुत भविष्यको खोजी गरिरहेकी छे। उसलाई देखेर राम्रो लाग्यो।' वैश्विक संस्थासहित पुरै विश्वले ग्रेटाको प्रशंसा गरिरहँदा ट्रम्पले पने उनलाई झपार्ने कोशिश गरे। जलवायु परिवर्तनबारे संयुक्त राष्ट्र संघको कार्यक्रममा ग्रेटाले विश्व नेताहरुलाई भनेकी थिइन्, ‘तिमीहरुले हाम्रो बचपन, हाम्रो सपनना खोसेका छौ।

यसो गर्न कसरी हिम्मत जुट्यो?’ उनले यसो भन्दा सबैजना निरुत्तर थिए।  समाचार अनुसार ट्रम्प यस जलवायु सम्मेलनमा केही बेरका लागि आएका थिए। ट्रम्पले यो सम्मेलनम भाग लिनुभन्दा एउटा धार्मिक कार्यक्रमलाई बढी प्राथमिकता थिए। यसैकारण आफ्नो ट्विटलाई लिएर ट्रम्प घेराबन्दीमा परेका हुन्।  आँखामा आँसु र आक्रोश भरिएको अनुहारसहित ग्रेटाको भाषणलाई संयुक्त राष्ट्र संघका महासचिवसमेत विश्वका हर नेताले प्रशंसा गरेका छन्। अमेरिकन 'एन्भायरनमेन्ट फर चेन्जिङ्ग ग्लोब' ले पनि यती गम्भीर मुद्दामा ट्रम्पको प्रतिक्रियाले पुरै विश्वलाई गलत सन्देश दिइरहेको थियो। 

ग्रेटाले बढ्दो वातावरणीय परिवर्तनलाई लिएर गम्भीर प्रश्न उठाएकी छन्। उनले शक्ति राष्ट्रका नेतातर्फ प्रश्न गर्दै वातावरण बिगारेकोमा कडा शब्दसहित आलोचना गरेकी छन्।  ट्विटरमा युजरले भनेका छन्, 'जसरी ग्रेटाले आफ्नो भावना सबैलाई सुनाइन्, त्यसबेला उनी कुनै पनि किसिमले 'खुसी जवान केटी' देखिन्‍नथिइन्। उनले धेरै निराश हुँदै जलवायु परिवर्तनको मुद्दामा विश्वका ठूला नेतालाई गाली गरेकी थिइन्।  घरबाटै लडाइँ सुरु ग्रेटाले जलवायु परिवर्तनविरुद्धको संघर्षको शुरुवात सबैभन्दा पहिले आफ्नै घरबाट सुरु गरेको बताएकी छन्।

उनका माता-पिताले मासु खान छाडे। उनीहरुले जनवारका अंगबाट बनेका सामान प्रयोग गर्न पनि छाडिदिए। विमान यात्रा पनि बन्द गरिदिए किनकि यसबाट कार्बन उत्सर्जन अत्यधिक हुन्छ।  यहाँसम्म कि उनी आफैँ पनि कार्बन उत्सर्जन नहोस भन्‍नका लागि विमान छाडेर डुंगाबाट दुई महिनाको कठिन यात्रा गर्दै एटलान्टिक सागर छिचोलेर न्यूयोर्क पुगिन्। उनले आफ्नो देश स्वीडेनमा प्रदूषणविरुद्ध लडाइँ छेडिन्, जुन अब पुरै विश्वमा फैलिइसकेको छ। ट्रम्पको ध्यान धार्मिक स्वतन्त्रतामा  अमेरिकी राष्ट्रपतिले जलवायु परिवर्तन शिखर सम्मेलनमा जानुको साटो धार्मिक उत्पीडनमा आफ्नो ध्यान लगाए। उनले जलवायु परिवर्तनबारेको भाषण केबल १५ मिनेटसम्म सुने।

धार्मिक स्वतन्त्रताबारेको कार्यक्रमबा बोल्दै ट्रम्पले भने, ‘विश्वको करिब ८० प्रतिशत मानिस यस्ता देशमा छन् जहाँ जहाँ धार्मिक स्वतन्त्रतालाई खतरा छ। ती देशमा कि त धार्मिक स्वतन्त्रतामा अंकुश छ कि त पुरै प्रतिबन्ध।' धार्मिक स्वतन्त्रताको दयनीय अवस्थाबारे पहिलो पटक प्राप्त तथ्यांकमा विश्वास नलागेर आफूले दोस्रो पटक जाँच गर्न निर्देशन दिएको उनले बताएका छन्।  ग्रेटाको भाषण।

(भिडियो) 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top