होमपेज / अन्तराष्ट्रिय

कश्मीरमा प्रहरी र सयौँ प्रदर्शनकारीबीच झडप

नेपाल गाथा २०७६ श्रावण ३२ गते शनिबार १३:२५:२४ मा प्रकाशित

श्रीनगर । भारत प्रशासित कश्मीरमा सयौँको सङ्ख्यामा भेला भएका स्थानीयले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको छ । भारतले कश्मीरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका समय शुक्रबार कश्मीरी मुसलमानहरूको एक समूह र प्रहरीबीच झडप भएको बताइएको छ ।

  यद्यपि झडपमा प्रहरी तथा प्रदर्शनकारी के कति घाइते भए यसबारे सूचना पाउनलाई प्रशासनको धरपकडका कारण कठिनाई भएको जनाइएको छ । हजारौँको सङ्ख्यामा श्रीनगरमा सरकारको निर्णयविरोधी प्रदर्शन भइरहँदा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको एएफपीका कश्मीरस्थित सम्वाददाताले बताएका छन् ।  सरकारले कश्मीरलाई स्वायत्तता दिने बुँदालाई निलम्बन गरेपछि कश्मीर क्षेत्रमा विगत १२ दिनदेखि व्यापक सुरक्षा तैनाथ गरिएको छ ।

सुरक्षाको समस्या देखाउँदै कश्मीरमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन र प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ ।एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top