ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कश्मीरमा चुलिँदै तनाव, पर्यटकलाई राज्य छाड्न अपिल

नेपालगाथा २०७६ श्रावण १८ गते शनिबार १६:४८:५० मा प्रकाशित

कश्मीर । भारत प्रशासित कश्मीरमा केही दिनयता तनाव चुलिँदै गएको छ। ठूलो चरमपन्थी हमला हुने अनुमानका साथ भारतीय राज्य प्रशासनले त्यहाँ रहेका पर्यटकलाई राजय छाड्न भनेको छ ।

सरकारको तर्फबाट कश्मीर उपत्यकामा घुमिरहेका सबै पर्यटक र अमरनाथ यात्रा गरिरहेका तीर्थ यात्रीलाई कश्मीर छोड्ने सूचना जारी गरिएको छ।

यही तनावलाई लिएर जम्मु-कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पीडीपी नेता महबुबा मुफ्तीले शुक्रवार राति निजी निवासमा एक आपातकालीन बैठक बोलाएकी थिइन्। उक्त बैठकमा कश्मीरमा अवस्थामा राम्रो भएको हो भने किन सुरक्षा बल थपिएको हो? भन्नेबारे छलफल भएको थियो ।

भारतको केन्द्रीय सरकारले पछिल्लो पटक कश्मीर उपत्यकामा १० हजार सुरक्षा बल थपेको थियो। त्यसयता त्यहाँ ठूल चरमपन्थी हमला हुने अनुमानका साथ सुरक्षा सतर्कता उच्च बनाइएको छ । यसैबीचमा जम्मु-कश्मीरका सबै क्षेत्रीय नेताहरूले त्यहाँका राज्यपाल सत्यपाल मलिकसँग भेटवार्ता गरेर उपत्यकामा फैलिएको अव्यवस्था र अफवाह रोक्न अपील गरेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार जम्मु-कश्मीरका राज्यपालले यी घटनाक्रममा बिचार गरेर अहिले त्यहाँको अवस्था सामान्य रहेको बताएका छन्। शुक्रवार जम्मु-कश्मीर सरकारको तर्फबाट एक सुरक्षा सम्बन्धी सूचना जारी गरियो। जसमा सरकारले त्यहाँ चरमपन्थी हमला हुने आशंका जनाइएको छ ।

त्यसपछि अमरनाथ यात्री र पर्यटकलाई पनि फिर्ता जाने सल्लाह दिइएको छ। सरकारले यात्रु र पर्यटकसँग आफ्नो यात्रा छोट्याएर चाँडो भन्दा चाँडो कश्मीरबाट निस्कन भनेको छ। सरकारको तर्फबाट जारी यस सूचनापछि विभिन्न किसिमका अनुमानले कश्मीरमा तनाव झन् चुलिएको छ। थाहाखबरबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top